बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • उपत्यकामा भारी वर्षा, २४ घण्टामा काठमाडौंमा कति पर्यो पानी ?


    हुलाक प्रेस

    • शनिबार, असार २२ २०८१०४:४३
    उपत्यकामा भारी वर्षा, २४ घण्टामा काठमाडौंमा कति पर्यो पानी ?

    काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो । 

    कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ । 

    टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ । 

    २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा भनिन्छ । १० मिलिमिटरसम्मको वर्षालाई सामान्य वर्षा, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ । 

    ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र त्यसमाथिको वर्षालाई अति भारी वर्षा भनिन्छ । 

    काठमाडौंमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती नदीमा बाढी आएको छ । 

    नदी छेउका बस्तीहरूमा सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुललगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीले जनजीवन प्रभावित भएको छ । नदी छेउका सडकहरू डुबानमा परेका छन् । 
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ