बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्लाहीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०५:४२
    सर्लाहीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । सर्लाहीमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको छ । सर्लाहीस्थित पर्वानिपुर वर्षा मापन केन्द्रमा सोमबार अपराह्न ४:२५ बजे भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार पछिल्लो एक घण्टामा उक्त मापन केन्द्रमा ६३.८ मिलिलिटर वर्षा मापन भएको छ ।

    विभागले झिम नदी, फुल्जोर खोला र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ