बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेण्डा ?


    हुलाक प्रेस

    • आइतबार, साउन ६ २०८१०७:२७
    कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ । 

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ । 

    त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् । 

    प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले विश्वासको मत लिन लागेका हुन् । 

    विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ