काठमाडौं । सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे सुक्खा पहिरो खसेर सडकमा थुप्रिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उनले बताए। पहिरो पूर्णरुपमा हटाउन अझै केही समय लाग्ने छ । दुईतर्फी नै सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाम लागेको छ । यात्रुहरु बिचल्लीमा परेका छन् ।