बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः कुन- कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • शनिबार, भदौ २९ २०८१०६:४५
    आजको मौसमः कुन- कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापसमा छ । देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले बताएको छ । 
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ