बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने


    हुलाक प्रेस

    • सोमबार, भदौ ३१ २०८१०३:३२
    मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । 

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

    कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी ९एमाले०को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । 

    कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख  ३१ गते विश्वासको मत लिनुभएको थियो । असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #koshipradesh
  • # #hikmatkarki
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ