बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • यी जिल्लाका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • मंगलबार, असोज १ २०८१०९:१३
    यी जिल्लाका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशका केही साना नदीमा आज पनि पानीको बहाव बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    यस दिन संखुवासभा, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ र दार्चुला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

    अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने र सामान्य घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ