बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • सहकारीको रकम अपचलन गरेर फरार सांसद बस्नेतको पद ‘स्वास्थ्य उपचार’को नाममा जोगाइयो


    हुलाक प्रेस

    • बुधबार, असोज २ २०८१०७:२९
    सहकारीको रकम अपचलन गरेर फरार सांसद बस्नेतको पद ‘स्वास्थ्य उपचार’को नाममा जोगाइयो

    काठमाडौं । सहकारी ठगेर फरार रहेकी राप्रपाकी सांसद गीता बस्नेतको पद ‘स्वास्थ्य उपचार’को नाममा जोगाइएको छ।

    संविधानअनुसार संसदको लगातार दशवटा बैठकमा बिनासूचना अनुपस्थित हुने सांसदको पद खारेज हुने व्यवस्था छ । संविधानको धारा ८९ (घ) मा भनिएको छ, ‘(घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा ।’ बस्नेत १० पटक मात्रै होइन ४७ वटा बैठकमा अनुपस्थित भइसकेकी छिन् । तर, संसदमा भने बिरामी भएर उपचार गराइरहेको पत्र पुगेको पाइएको छ ।

    सोमबार संसद अधिवेशनको अन्तिम दिन उनी उपचारमा रहेका कारण दशवटा भन्दा बढी बैठकमा अनुपस्थित रहेको जानकारी सभामुख देवराज घिमिरेले गराए।

    सांसद बस्नेत वैशाख २८ गतेदेखि साउन ३० गतेसम्मका ४७ वटा बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए। अधिवेशनको अन्तिम दिन दशभन्दा बढी बैठक अनुपस्थित हुनेहरुको कारण खुलाएर सदनमा पेश गर्ने र त्यसलाई सदनमा अनुमोदन गर्ने चलन छ। त्यसो गर्दा स्थान रिक्तता नभएको मानिन्छ।

    सहकारीको ९६ करोड अवैध रुपमा बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरेको अभियोगसहित प्रतिवादी बनाइएसँगै उनी फरार भएकी हुन् । छिपछिपे सहकारी ठगीमा उनीसहित २५ लाई प्रतिवादी बनाइएको छ। नवलपुरको छिपछिपे सहकारी ठगी गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न वैशाख १८ गते अदालतबाट अनुमति लिएपछि उनी फरार भएकी थिइन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ