शुक्रबार, कात्तिक २१ गते २०८३
  • यो साता चर्चामा :
  • जलवायु परिवर्तनका कारण नेपालले अप्रत्यासित क्षति बेहोरिरहेको छ : प्रधानमन्त्री ओली


    हुलाक प्रेस

    • शुक्रबार, असोज ११ २०८१०८:०८
    जलवायु परिवर्तनका कारण नेपालले अप्रत्यासित क्षति बेहोरिरहेको छ : प्रधानमन्त्री ओली

    न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले अप्रत्यासित क्षति बेहोरिरहेको बताएका छन् ।

    आज संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनविरुद्ध एकीकृत पहलका लागि अब धेरै ढिला गर्न नहुनेमा जोड दिए ।

    उच्च कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु परिवर्तनका कारण ठूलो असर खेपिरहेको नेपालजस्तो देशका लागि सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले जलवायु न्यायका लागि विश्व समुदायमाझ आह्वान गरे ।

    'अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा उदय भएको हो । यसकाविरुद्ध विश्वव्यापी पहल कदमी हुनु आवश्यक छ । यसले कम विकसित र विकासोन्मुख देशहरूमा ठूलो असर पुर्‍याइरहेको छ,' उनले भने, 'नेपालको हकमा कुरा गर्दा जलवायु परिवर्तनका कारण अप्रत्यासित क्षति बेहोरिरहेका छौँ ।'

    जलवायु परिवर्तनका कारण नेपालको हिमश्रृंखला निरन्तर पग्लिनेक्रम रहेको र पहाडमा सिँचाइ र पानीका मुहानहरू सुक्दै गएकोप्रति प्रधानमन्त्री ओलीले सभाको ध्यानाकर्षण गराए । 'जलवायु संकटग्रस्त देशमध्ये नेपाल २९ औँ स्थानमा पर्छ । यो जोखिम बढ्दै गइरहेको छ,' उनले भने । 

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ