काठमाडौं । देशभरसँगै काठमाडौँ उपत्यकामा पनि भीषण वर्षा भएको छ। विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १:४४ बजेसम्मको अपडेटअनुसार ललितपुरको लेलेमा धेरै भारी वर्षा (१०० मिलिमिटरभन्दा माथि) भएको छ भने अन्य १० स्थानमा भारी वर्षा (५० मिलिमिटरभन्दा माथि) भएको छ।
हेर्नुहोस् सूची-
-काठमाडौँको धापड्याममा ६२.४ मिलिमिटर
-काठमाडौँको बूढानीलकण्ठमा ५६.६ मिलिमिटर
-काठमाडौँको पानीपोखरीमा ५२.८ मिलिमिटर
-काठमाडौँको कपनमा ५५ मिलिमिटर
-काठमाडौँको कीर्तिपुरमा ८०.२ मिलिमिटर
-काठमाडौँको बबरमहलमा ६०.६ मिलिमिटर
-काठमाडौँको विमानस्थलमा ५७.६ मिलिमिटर
-ललितपुरको खुमलटारमा ७१.२ मिलिमिटर
-ललितपुरको टीकाथलीमा ५२.४ मिलिमिटर
-ललितपुरको लेलेमा १०३.३ मिलिमिटर
-ललितपुरकै गोदावरीमा ७७.४ मिलिमिटर
मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।