शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा


    हुलाक प्रेस

    • सोमबार, मंसिर ४ २०८०११:४७
    टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा

    काठमाडौं । ‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाको एकल इजलासमा पेसी परेको हो। 

    मन्त्रिपरिषद्‌को कात्तिक  २७ गतेको बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार, मंसिर १ गते १० थान रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए। 

    टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको दाबी रिटमा गरिएको छ। सरकारको उक्त निर्णय बदरका लागि अन्तरिम आदेश समेत रिटमा माग गरिएको छ। 


  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ