बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • दुई मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आइबार ताजकिस्तान प्रस्थान गर्दै


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०५:००
    दुई मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आइबार ताजकिस्तान प्रस्थान गर्दै

    काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम आइतबार ताजिकिस्तान प्रस्थान गर्दैछ । दुई मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नको लागि नेपाली राष्ट्रिय फुटबल टिम ताजिकिस्तान जान लागेको हो । 

    जहाँ नेपालले घरेलु टिम ताजिकिस्तान र अफगानिस्तनविरुद्ध खेल्दैछ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ र मुख्य प्रशिक्षक नवीन न्यौपानेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै ताजिकिस्तान जाने नेपाली टिमलाई शनिबार विदा गरेका छन् । 

    नेपाली पुरुष टिमले सामना गर्न लागेका दुवै टिम माथिल्लो स्तरका हुन् र दुवै प्रतिस्पर्धी फिफा वरीयतामा पनि नेपालभन्दा माथि छन् ।

    नेपालले ताजिकिस्तानविरुद्ध कार्तिक २८ गते वुधबार प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानविरुद्ध मंसिर १ गते शनिबार खेल्ने एन्फाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # #nepalifootballteam
  • # #nationalfootballteamofnepal
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ