बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा थाइल्यान्डविरूद्ध नेपाल विजयी


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०७:३०
    आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा थाइल्यान्डविरूद्ध नेपाल विजयी

    काठमाडौं । आइसिसी यु १९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले थाइल्यान्डमाथि १०६ रनको विशाल जित हात पारेको छ । 

    आइतबार युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको खेलमा नेपालले थाइल्यान्डलाई हराउँदै जित हासिल गरेको हो । 

    नेपालले थाइल्यान्डलाई १ सय ४० रनको लक्ष्य दिएकोमा थाइल्यान्डले १६ ओभरमा ३३ रन जोड्दै अल आउट भयो । 

    नेपालका लागि कुशुम गोदारले ३, रचना चौधरी र रिया शर्माले २/२ विकेट लिएका थिए भने कप्तान पूजा महतोले १ विकेट लिइन् । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
     
    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । सानाले सर्वाधिक ५३ रन बनाइन् ।  

    अर्की ओपनर सावित्री धामीले २८ रन बनाइन् भने सोनीले १९ रन बटुल्न सफल भइन् ।

    छनोटमा चार खेल्दा नेपाल ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ र दोस्रोमा कुवेतलाई १०८ रनले हराएको थियो ।

    घरेलु टोली युएईविरुद्धको खेलमा भने नेपाल १३ रनले पराजित भयो । अपराजित रहेको युएई आठ अंकसहित शीर्ष स्थानमा छ ।

    नेपालले सोमबार कुवेत र बुधबार युएईको सामना गर्नेछ । यी दुवै खेलमा फराकिलो जित निकाले नेपाल विश्वकपमा पुग्नेछ । दुई अंक जोडेको थाइल्यान्ड र अंकविहीन कुवेत भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ