बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • वीर अस्पतालको अप्रेसन कक्षमै कुटिए स्वास्थ्यकर्मी, दोषीलाई कारबाहीको माग


    हुलाक प्रेस

    • शनिबार, माघ २६ २०८११०:०१
    वीर अस्पतालको अप्रेसन कक्षमै कुटिए स्वास्थ्यकर्मी, दोषीलाई कारबाहीको माग

    काठमाडौं । वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

    अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।

    निर्देशक पौडेका अनुसार शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो ।

    घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ । उनलाई हदैसम्मको कारबाही गर्न निर्देशक पौडेलले माग गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ