शुक्रबार, कात्तिक २१ गते २०८३
  • यो साता चर्चामा :
  • बिम्स्टेक शिखर सम्मेलन सुरु


    हुलाक प्रेस

    • शुक्रबार, चैत २२ २०८११०:५८
    बिम्स्टेक शिखर सम्मेलन सुरु

    बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैंककस्थित होटेल सांग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।

    सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावात्राले स्वागत गरेकी थिइन् । सम्मेलनमा आज (अप्रिल ४) प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरू थाइल्यान्ड, बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलंकाका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरूले सम्बोधन गर्नेछन् । रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ