काठमाडौँ । काठमाडौँको वायु प्रदूषणको मात्रामा खासै सुधार आउन सकेको छैन । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्क अनुसार २३३ एक्युआई वायु गुणस्तर साथ काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा रहेको छ ।
सूचीको दोस्रो स्थानमा भने भारतको राजधानी नयाँ दिल्ली रहेको छ । जहाँको वायु गुणस्तर २८० एक्युआई रहेको छ । यस्तै पाकिस्तानको लाहोर तेस्रो,भियतनामको हानोई चौथो र चीनको बेइजिङ पाँचौँ स्थानमा छन् ।
काठमाडौँको हावामा २.५ पीएम रहेको छ । जुन विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा ३१.५ गुणा बढी हो ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ। तर ४००–५०० पुग्दा त्यसलाई ‘गम्भीर’ मानिन्छ।