बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी अदालतद्वारा एक विद्यार्थीलाई देश निकाला गर्न अनुमति


    हुलाक प्रेस

    • शनिबार, चैत ३० २०८१०८:४५
    अमेरिकी अदालतद्वारा एक विद्यार्थीलाई देश निकाला गर्न अनुमति

    काठमाडौं । अमेरिकी अदालतले कोलम्बिया विश्वविद्यालयका एक विद्यार्थीलाई देश निकाला गर्न अनुमति दिएको छ । 

    अमेरिकी एक न्यायाधीशले कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमुद खलिललाई देश निकाला गर्नसक्ने फैसला गरेका छन् ।

    अध्यागमन अदालतको निर्णयको अर्थ खलिललाई तत्काल देशबाट निष्कासन गरिनेछ भन्ने होइन । न्यायाधीशले खलिलका वकिलहरूलाई यस आदेशविरुद्ध अपिल गर्न अप्रिल २३ सम्मको समय दिएका छन् ।

    प्यालेस्टाइन समर्थकको विरोध प्रदर्शनमा भूमिका खेलेको आरोपमा  खलिललाई गत महिना पक्राउ गरिएको थियो । खलिल मार्च ८ देखि लुइसियाना डिटेन्सन सेन्टरमा छन् ।

    खलिलले आफ्नो गिरफ्तारी प्यालेस्टिनीहरूको अधिकारको लागि आवाज उठाएको परिणाम भएको बताएका छन् । खलिल संयुक्त राज्य अमेरिकाका कानुनी रूपमै स्थायी बासिन्दा हुन् । 

    यद्यपि, अमेरिकी सरकारले शीतयुद्धकालीन अध्यागमन कानुनलाई अमेरिकी विदेश नीतिको हित विपरीत भएको उल्लेख गरेको छ । बीबीसी

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ