शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • महासमिति बैठक सार्न नहुने पक्षमा शेखर समूह


    हुलाक प्रेस

    • बुधबार, मंसिर २७ २०८००५:१५
    महासमिति बैठक सार्न नहुने पक्षमा शेखर समूह

    काठमाडौं । नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहले आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा तय गरिएको महासमिति बैठक सार्न नहुने जनाएको छ।

    बुधबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको शेखर समूहको बैठकले यस्तो धारणा बनाउन लागेको हो। 

    सभापति शेरबहादुर देउवाले पुसको चिसोमा बैठक गर्न समस्या हुने भन्दै माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनपछि मात्रै महासमित  डाक्ने गरी गृहकार्य अघि बढाइसकेका छन्। यसअघि आफ्नै निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौँ आउन कठिन हुने बताएका थिए। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ