बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२१२:००
    सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । सुनको मूल्य आज फेरि अहिलेसम्मकै उच्च बनेको छ । विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो । 

    सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

    सुनचाँदीकै मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो । गत साताको बुधबार सुन तोलामा २७ सय र बिहीबार तीनहजार ६ सय रुपैयाँ बढेको थियो । त्यस अघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो ।

    गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो । 

    अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ