बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँको तापक्रम अधिकतम ३२ डिग्रीसम्म पुग्ने


    हुलाक प्रेस

    • मंगलबार, वैशाख ९ २०८२०८:४५
    काठमाडौँको तापक्रम अधिकतम ३२ डिग्रीसम्म पुग्ने

    काठमाडौं । काठमाडौंमा मंगलबार (आज) सोमबारको तुलनामा बढी गर्मी हुनेछ । हिजो (सोमबार) काठमाडौंमा अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहेको थियो । आइतबार २९.५ डिग्री सेल्सियस रहेको थियो । 

    आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् सागर अधिकारीले बताए । तापक्रम अझै बढ्ने देखिन्छ, उनले भने ।

    यसैबीच, आज दिउँसो कोसी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

    अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी, वाग्मती, गण्डकी प्रदेशमा केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।   


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ