बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि


    हुलाक प्रेस

    • बिहीबार , वैशाख ११ २०८२०७:०८
    भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि

    नयाँ दिल्ली । पाकिस्तानी नागरिकलाई जारी गरिएका सबै भिसा अप्रिल २७ देखि रद्द भएको बताएको भारतीय विदेश मन्त्रालयले पाकिस्तानी नागरिकलाई जारी गरिएका मेडिकल भिसाहरू पनि २०२५ अप्रिल २९  सम्म मात्र मान्य हुने जनाएको छ । 

    हाल भारतमा रहेका पाकिस्तानी नागरिकले अब परिवर्तन गरिएको भिसा सर्तअनुसार आफ्नो भिसाको म्याद सकिनुअघि नै भारत छोड्नुपर्ने बताइएको छ ।

    त्यस्तैगरी, मन्त्रालयले भारतीय नागरिकहरूलाई पाकिस्तानको यात्रा नगर्न कडा सल्लाह दिएको भने हाल पाकिस्तानमा रहेका भारतीय नागरिकहरूलाई पनि सकेसम्म चाँडो भारत फर्कन सल्लाह दिइएको छ ।

    भारतले बुधबार पाकिस्तानसँगको कूटनीतिक सम्बन्धलाई थप कमजोर बनाउँदै निकै कडा कदम चालेको थियो ।

    यसमा भारतबाट पाकिस्तानी सेनाका अधिकारीहरूलाई निष्कासन गर्ने, १९६० को सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा चौकी बन्द गर्ने जस्ता आदेश थिए । पहलगाम आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट सुरक्षा समिति (सीसीएस)को बैठकमा यी सबै निर्णयहरू लिइएका हुन् । 

    यसैबिच, जर्मनी, जापान, पोल्यान्ड, बेलायत र रुसलगायत धेरै देशका राजदूत साउथ ब्लकस्थित विदेश मन्त्रालयको कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार विदेश मन्त्रालयका अधिकारीहरूले पहलगाम आक्रमणबारे केही चुनिएका देशका राजदूतहरूलाई जानकारी गराएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ