बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • डाइनामिक कन्स्ट्रक्सन लगायत ६ निर्माण व्यवसायी कालोसुचीमा


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १२ २०८२०२:४६
    डाइनामिक कन्स्ट्रक्सन लगायत ६ निर्माण व्यवसायी कालोसुचीमा

    काठमाडौँ । सार्वजनिक खरिद कार्यालयले समयमै काम नगर्ने र गुणस्तरहीन काम गर्ने ६ निर्माण व्यवसायीलाई कालो सुचीमा राखेको छ ।

    कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाए बमोजिम सार्वजनिक खरिद ऐन २०६३ अनुसार कालो सुचीमा राखेको हो ।

    कार्यालयका अनुसार, गोदावरी नगरपालिका नगर कार्यपालिका बज्रबाराही ललितपुरको सिफारिसमा एमएस सेल्कोम टेक्नोलोजी कुपण्डोल ललितपुरलाई १ वर्षको लागि कालो सुचीमा राखेको छ । डिभिजन वन कार्यालय बझाङको सिफारिसमा विद्या कन्स्ट्रक्सन जयपृथ्वी १० बझाङलाई १ वर्षको लागि कालो सुचीमा राखेको छ । यस्तै गैडहवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीको सिफारिसमा डाइनामिक कन्स्ट्रक्सन अफ लुम्बिनी ६ रुपन्देहीलाई १ वर्षको लागि कालो सुचीमा राखेको छ ।

    यसैगरि नेपाली सेना स्थपति निर्देशनालय जंगी अड्डाको सिफारिसमा ग्रटवाल बिल्डर्स टोखा ४ धापासी काठमाडौँलाई १ वर्ष ६ महिनाको लागि कालो सुचीमा राखेको छ । भेरीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सुर्खेतको सिफारिसमा फेरी इन्भाइरोमेन्टल सर्भिसेस बुटवल १२ रुपन्देहीलाई १ वर्षको लागि कालो सुचीमा राखेको छ ।

    यस्तै सडक डिभिजन कार्यालय हरिहरभवन ललितपुरको सिफारिसमा अद्धैत निर्माण सेवा गोदावरी १० ललितपुरलाई १ वर्षको लागि कालो सुचीका राखिएको कार्यालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ