वाशिंटन । चुनावी अभियानमा झैँ विपक्षीमाथि आक्रामक हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय प्रवेशको सय दिन मनाएका छन् ।
मिचिगनका आफ्ना समर्थकको माझमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकाललाई ‘रिभुलेसन अफ कमन सेन्स’ को संज्ञा दिए ।
आफू अर्थपूर्ण परिवर्तनका लागि सक्रिय रहेको समेत ट्रम्पले बताए । ट्रम्पको शासनकालको पहिलो सय दिनमा धेरै आप्रवासी अमेरिका फिर्ता पठाइए । यसै बीचमा उनले नै सुरु गरेको व्यापार युद्धका कारण अर्थतन्त्रमा समस्या देखिएको छ । यसले ट्रम्पको लोकप्रियता ह्वात्तै घटेको छ। डेट्रोयटमा उपस्थितलाई सम्बोधन गर्दै उनले आफूले भर्खरै केही गर्न खोजेको तथा सही परिणाम आउन अझ धेरै लामो समय लाग्ने समेत बताए ।
ट्रम्पले अहिले भइरहेको अपोनियन पोललाई पनि गलत र झुट भएको आरोप लगाएका छन् । सम्बोधनको क्रममा ट्रम्पले अमेरिका विस्तारै आफ्नो भूमिमा उत्साहित सामान मात्र प्रयोग गर्ने तथा यसले देशको अर्थतन्त्र बलियो बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।