काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए ।
सोही पत्रका आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । तर चौधरीको मुद्धामा कुनै फैसला नभएको भन्दै विष्टले लेखेको पत्र नै शंकाको घेरामा भएपछि विष्टलाई नै सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।