बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पठायो पत्र


    हुलाक प्रेस

    • बुधबार, वैशाख १७ २०८२०५:३६
    रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पठायो पत्र

    काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न पत्र पठाएको छ । 

    अधिकृत महिमानसिंह विष्टले बुधबार चौधरीलाई पक्राउ गर्न जारी गरेको पत्र आधिकारिक नभएको बताउँदै सर्वोच्चले चौधरीलाई थुनामुक्त गर्न पत्र पठाएको हो । 

    बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको थियो । 

    पत्रको व्यहोरामा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२/१र१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स।वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

    suprem court letter to resham .jpeg


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ