बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य साढे चारहजार रुपैयाँले घट्यो


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १८ २०८२१२:२५
    सुनको मूल्य साढे चारहजार रुपैयाँले घट्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला चारहजार ६०० रुपैयाँ घटेर एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला एकलाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

    आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ