शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • सात महिनापछि धरौटी बुझाएर रिहा भए पूर्वगृहमन्त्री खाँण


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर २९ २०८००६:१३
    सात महिनापछि धरौटी बुझाएर रिहा भए पूर्वगृहमन्त्री खाँण

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि धरौटी बुझाएर रिहा भएका छन्।

    खाण शुक्रबार जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाण बिहीबार उच्च अदालत पाटनको आदेशपछि रिहा भएका हुन्।

    उच्चले धरौटी माग गरेपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार पेस गरिएको थियो। सम्पत्ति शुद्धीकरणले धरौटी माग गर्‍यो भने अख्तियारले साधारण तारेखमा उपस्थित हुन बोलाएको दिन आउने गरी रिहा भएका हुन्।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ