बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २५ २०८२११:५४
    सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो चार दिनमा सुन प्रतितोला सात हजार ६०० रुपैयाँ बढेको छ । वैशाख २२ गते सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधाबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ