बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, राजदूत श्रीवास्तवले पछिल्लो तनावबारे प्रधानमन्त्री ओलीलाई गराए जानकारी


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २६ २०८२०५:१८
    प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, राजदूत श्रीवास्तवले पछिल्लो तनावबारे प्रधानमन्त्री ओलीलाई गराए जानकारी
    फाइल तस्वीर

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । 

    उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे ।

    राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे ।

    उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ