बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह


    हुलाक प्रेस

    • शनिबार, वैशाख २७ २०८२०९:४९
    भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह

    काठमाडौँ । जी-सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो ।

    क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । यसका साथै, जी-सेभेन देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।

    जी-सेभेनको विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन् ।’


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ