बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • जेठ १५ गतेको आन्दोलनमा उपत्यका बाहिरका जनतालाई पनि सहभागी हुन राजावादीको आह्वान


    हुलाक प्रेस

    • आइतबार, वैशाख २८ २०८२०३:२३
    जेठ १५ गतेको आन्दोलनमा उपत्यका बाहिरका जनतालाई पनि सहभागी हुन राजावादीको आह्वान


    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते बाट काठमाडौंमा गर्न लागेको अनिश्चितकालिन आन्दोलनमा उपत्यका बाहिरका जनतालाई पनि सहभागीता जनाउन आह्वान गर्ने निर्णय गरेको छ ।
     
    आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो ।

    ‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने,’ आइतबारको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘काठमार्डौका जनता र सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने ।’

    जनआन्दोलन समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो । 

    आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा, नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति थियो ।

    समितिले आन्दोलन पूर्णतया शान्तिपूर्ण रहने जनाएको छ । 

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ