बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • भारतले देशका ९ विमानस्थलमा काम गर्ने टर्की कम्पनीविरुद्ध गर्‍यो कारबाही


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २ २०८२०९:२४
    भारतले देशका ९ विमानस्थलमा काम गर्ने टर्की कम्पनीविरुद्ध गर्‍यो कारबाही

    काठमाडौँ । भारतको नागरिक उड्डयन ब्युरोले टर्की कम्पनी सेलेबीको सुरक्षा क्लियरेन्स तत्काल लागु हुने गरी रद्द गरेको छ ।

    टर्कीको कम्पनी सेलेबी एभिएसनले भारतका धेरै विमानस्थलहरूमा सुरक्षा सम्बन्धी काम गरिरहेको थियो । भारतीय नागरिक उड्डयनले सेलेबी विरुद्ध गरिएको यो कारबाहीबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

    नागरिक उड्डयन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बीसीएएसका महानिर्देशकलाई प्राप्त अधिकार प्रयोग गर्दै राष्ट्रिय सुरक्षाको हितमा सेलेबी एयरपोर्ट सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडको सम्बन्धमा सुरक्षा क्लियरेन्स तत्काल प्रभावले रद्द गरिएको छ ।’

    अप्रिलमा २२ पहलगाममा भएको आतंकवादी हमलापछि भारतले धेरै पाकिस्तानमा आक्रमण गर्दा टर्कीले खुलेआम आलोचना गर्दै पाकिस्तानको समर्थन गरेको थियो ।

    समाचार एजेन्सी पीटीआईका अनुसार सेलेबी एयरपोर्ट सर्भिसेज इन्डियाले मुम्बई, दिल्ली, कोच्चि, कन्नूर, बेंगलुरु, हैदराबाद, गोवा, अहमदाबाद र चेन्नई गरी नौ विमानस्थलहरूमा सेवा गरिरहेको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ