बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा


    हुलाक प्रेस

    • आइतबार, जेठ ४ २०८२०२:२६
    दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
    तस्वीर : रासस

    काठमाडौँ । प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।

    सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ती विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राख्नुभएको प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

    बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सुनाएका थिए । रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ