बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • पदभार ग्रहणपछि गभर्नर पौडेलको पहिलो निर्णय : ५ सय र हजारका नोट छाप्न हस्ताक्षर


    हुलाक प्रेस

    • बुधबार, जेठ ७ २०८२०१:४०
    पदभार ग्रहणपछि गभर्नर पौडेलको पहिलो निर्णय : ५ सय र हजारका नोट छाप्न हस्ताक्षर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा‍. विश्व पौडेलले पदभार ग्रहण गरेलगत्तै पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    गभर्नर पौडेलले बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएलगत्तै बालुवाटार पुगेर पदभार ग्रहण गरेका थिए ।

    पदभार ग्रहण गरे लगत्तै गभर्नर पौडेलले पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । 

    पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गरिने बताए । 

    मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सबैसँग समन्वय गरेरै अघि बढ्ने गभर्नर पौडेल बताए । 


  • सम्बन्धित विषय:

  • # #gorvner
  • # #Dr.bishopoudel
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ