बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेश सरकार प्रमुख युनुस राजीनामा दिने तयारीमा


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ९ २०८२०३:१२
    बंगलादेश सरकार प्रमुख युनुस राजीनामा दिने तयारीमा

    काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजिनामा दिने तयारी गरेका छन् । यस विषयमा छलफल गर्न विद्यार्थी नेता तथा नेसनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले युनुसलाई भेटेको बीबीसीले जनाएको छ ।

    भेटमा युनुसनले अहिलेको अवस्थामा काम गर्न नसक्ने बताएको नाहिद इस्लामले बताएका छन् । “हामीले सर (युनुस)को राजीनामाको खबर सुनिरहेका थियौँ । त्यसैले म उहाँलाई भेट्न गएको हुँ । भेटमा उहाँले देशको अहिलेको अवस्थामा काम गर्न नसक्ने बताउनुभयो,” बीबीसी बांगलासँगको कुराकानीमा विद्यार्थी नेता इस्लामले भनेका छन् ।

    यसअघि, युनुसले सल्लाहकार सभाको बैठकमा देशको अवस्थाबारे असन्तुष्टि जनाएका थिए ।

    अर्कोतिर,राजनीतिक दलहरूले पनि अन्तरिम सरकारविरुद्ध दबाब बढाइरहेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारलाई हटाउन माग गरेको थियो ।

    बीबीसी हिन्दीबाट ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ