बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • योग्यता नपुगेको भन्दै गभर्नर पौडेल विरुद्ध सर्वोच्चमा रिट पेश, दर्ता प्रक्रियाका लागि छलफलमा हुँदै


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ९ २०८२०४:१८
    योग्यता नपुगेको भन्दै गभर्नर पौडेल विरुद्ध सर्वोच्चमा रिट पेश, दर्ता प्रक्रियाका लागि छलफलमा हुँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल विरुद्ध सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको छ ।

    गभर्नर पौडेल उक्त पदको लागि योग्य नभएको भन्दै नियुक्ति बदरको माग राख्दै अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले रिट पेश गरेका हुन् । 

    रिट निवेदकले सरकार र छनोट समितिलाई विपक्षी बनाएर ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित शुक्रबार रिट पेस गरेका छन् । 

    रिटका विषयमा अध्ययन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरेपछि दर्ता हुने/नहुने निर्णय गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । 

    यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ