काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका लेखकमाथि राजीनामा दिएर छानबिनमा सघाउन माओवादीले माग गरेको हो ।
आज बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ । यो कुरा कांग्रेसकै नेताहरूले पनि उठाउनुभएको छ । राज्यका निकायले छानबिन सुरू गरिसकेको छ यस्तो स्थितिमा अब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ताकी पहुँच प्रभाव र पावर प्रयोग हुन नपाओस्, स्वतन्त्र निष्पक्ष छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ ।’
गृहमन्त्री पदमा हुँदा अनुसन्धान प्रभावित पार्नसक्ने माओवादीले आशंका व्यक्त गरेको छ ।