काठमाडौं । तीनकुने घटनामा भएको प्रदर्शनमा संलग्न भएको आारोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ५० जनाविरुद्ध ५/५ वटा अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
गत चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा सकृय कमाण्डर दुर्गा प्रसाईँदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई मुद्दा लगाएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ को व्यवस्था अनुसार राज्यविद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
हेर्नुस् मुद्दा चलाइएकाहरूको नाम
१.दुर्गाप्रसाद प्रसाईँ, बिर्तामोड ५ झापा हाल मध्यपुर ठिमी ५ भक्तपुर
२.हरीहर चौलागाई, तातोपानी ५ जुम्ला हाल काठमाडौं ३२
३. सरोज गौतम, रामेछाप सुनापति १ हाल मध्यपुर थिमी १ भक्तपुर
४.सतिश न्यौपाने, बाँके कोहलपुर १ हाल काठमाडौं ७ (फरार)
५. गोकर्ण शाही, अछाम पञ्चदेवल नगरपालिका ५ हाल महालक्ष्मी १ ललितपुर
६.डण्डपाणी रेग्मी, अछाम बान्निगढी २ हाल धनगढी २ कैलाली
७.सन्तोषकुमार सिलवाल, सिद्धलेक ४ धादिङ हाल नागार्जुन स्यूचाटार काठमाडौं
८. हेमराज थारु, बाह्रबर्दिया २ बर्दिया हाल थिमि भक्तपुर
९. रवीन्द्र मिश्र, ललितपुर १८ ललितपुर वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
१०. डा. धवलशमशेर जबरा, नेपालगञ्ज १ बाँके हाल बूढानीलकण्ठ १ काठमाडौं
११. गोपाल मल्ल ठकुरी, सैनामैना १ रुपन्देही हाल तार्केश्वर १ काठमाडौं
१२.पशुपति खड्का, तार्केश्वर ७ काठमाडौं
१३.विष्णु पराजुली, ब्यास २ तनहुँ
१४. पुस्कर खतिवडा, बुद्धशान्ति ७ झापा हाल महालक्ष्मी ७ ललितपुर
१५. मुनिन्द्र राजभण्डारी, सुन्दरबजार १ लम्जुङ हाल तार्केश्वर ६ काठमाडौं
१६. कुमार बस्नेत, बूढानीलकण्ठ ८ काठमाडौं
१७.अनिलकुमार थापा, इटहरी ६ सुनसरी हाल काठमाडौं ६ काठमाडौं
१८. तारानाथ बोहरा, कमल ३ झापा
१९. दानबहादुर न्यौपाने, दमक ७ झापा
२०. उमेश तामाङ, दमक ७ झापा
२१. झापा भानुभक्त पौडेल, दमक ७
२२. विष्णु बस्नेत, काठमाडौं २८ काठमाडौं हाल ललितपुर ७ बालकुमारी
२३. देवीप्रसाद सँग्रौला, ईलाम ७ इलाम हाल काठमाडौं ६ गौशला
२४. प्रेम थापामगर, तिनाउ ३ पाल्पा हाल देवदह ९ रुपन्देही
२५. ओमप्रकाश लुइँटेल, अर्जुनधारा ५ झापा
२६. तेजेन्द्र रायमाझी, मुसीकोट १ गुल्मी हाल काठमाडौं ६ बौद्ध नयाँबस्ती
२७. मनबहादुर काला, रुरूक्षेत्र ६ गुल्मी हाल काठमाडौं १ मनमैजु
२८. निराजन कुमार गिरी, खप्तडछान्ना २ बझाङ हाल बूढानीलकण्ठ ११ कपन
२९. प्रेधबहादुर श्रेष्ठ, शैलुङ ३ दोलखा
३०. सुशिल बराल, फुङ्लिङ ३ ताप्लेजुङ हाल काठमाडौं ३२ कोटेश्वर
३१.रमेश राई, वेलकोट ७ नुवाकोट हाल तार्केश्वर ८ काठमाडौं
३२. दिवस बोगटी क्षेत्री, सिद्धलेक ४ धादिङ हाल बनस्थली काठमाडौँ
३३.दिलकुमार श्रेष्ठ, अरुण ५ भोजपुर हाल तारकेश्वर ९ काठमाडौं
३४.दुरेन राई कमल, ४ झापा नागरिक प्रतिरक्षा बल (पिडिएफ) को अध्यक्ष (फरार)
३५.सानु पुर्वछाने, किसाननगर ८ महोत्तरी (फरार)
३६.बिनञ्जय थापा (फरार), चन्द्रपुर ३ रौतहट
३७.प्रेमलाल बैदार , बनेपा ६ काभ्रेपलान्चोक (फरार)
३८.राजेन्द्र जिसी, ककनी ५ नुवाकोट (फरार)
३९. प्रेमकुमार थाम्सोहाङ, परिवर्तित ५ झापा (फरार)
४०.प्रकाशचन्द्र दाहाल, नीलकण्ठ ७ धादिङ, नेपाल पुकारका सम्पादक (फरार)
४१.विष्णुहरी रिमाल, तारकेश्वर ६ नुवाकोट (फरार)
४२.कमलकुमार विष्ट, ललितपुर २६ ललितपुर
४३.लोकबहादुर बस्नेत, फेदाम १ तेह्रथुम
४४.दिनेश खड्का, सुनकोशी ४ सिन्धुपाल्चोक
४५.केशब बस्नेत, गोकुलगंगा ४ रामेछाप
४६.अमित साह, कबिलास ८ सर्लाही
४७.सुमन कार्की, काठमाडौँ ३१ काठमाडौं
४८. कुमार तामाङ, बाह्रबिसे ९ सिन्धुपाल्चोक
४९. जितबहादुर श्रेष्ठ, लिसंखु पाखर ४ सिन्धुपाल्चोक
५०.मनोजकुमार सापकोटा, मिर्चैया ६ सिरहा हाल मध्यपुर ठिमी १ भक्तपुर