बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य


    हुलाक प्रेस

    • शनिबार, जेठ १७ २०८२११:०३
    बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो ।

    वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाई इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ ।

    यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

    त्यस्तै, अब काठमाडौंमा डिजल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १४३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने डिजल र मट्टीतेलको मूल्य १४२ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने डिजल र मट्टीतेलको मूल्य १४० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ