बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य एकैदिन तोलामा २९ सयले बढ्यो


    हुलाक प्रेस

    • मंगलबार, जेठ २० २०८२११:५०
    सुनको मूल्य एकैदिन तोलामा २९ सयले बढ्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार (जेठ २०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार (जेठ १९) छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ