बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सांसद पदबाट निलम्बित


    हुलाक प्रेस

    • बिहीबार , जेठ २२ २०८२०२:१३
    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सांसद पदबाट निलम्बित

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वत: निलम्बन भएको छ ।

    बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी सांसद पदबाट स्वत निलम्बित भएका हुन् । 

    पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियारले  १८ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदातलमा भ्रष्टाचार मुद्धा दायर गरको हो । 

    भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका कर्मचारी, पदाधिकारी मुद्दाको किनारा नलागेसम्म स्वत: निलम्बन हुने व्यवस्था छ । 

    नेपाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट-१ बाट विजयी भएका थिए ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ