बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • टिचिङ अस्पतालले माग्यो १०० जना नर्स


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २३ २०८२१२:५१
    टिचिङ अस्पतालले माग्यो १०० जना नर्स

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले १०० सय जना नर्स  मागेको छ । अस्पतालले आज एक सूचना गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको । 

    अस्पतालको  आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको सूचनामा उल्लेख गरिएको छ । 

    इच्छुक उम्मेदवारहरूले आगामी २५ जेठ देखि  असार १ गते सम्म  बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन् । नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका योग्य व्यक्तिहरूले यो अवसरका लागि आवेदन दिन पाउने छन् ।
     
    पुरुषको हकमा ४० वर्ष नकटेका र महिलाको हकमा ४५ वर्ष नकटेकाले आवेदन दिन पाउनेछन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ