बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुर महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन, मन्त्रिपरिषद्का ११ निर्णय


    हुलाक प्रेस

    • बुधबार, जेठ २८ २०८२०२:५७
    ललितपुर  महालक्ष्मी नगरपालिकाको केन्द्र परिवर्तन, मन्त्रिपरिषद्का ११ निर्णय

    काठमाडौँ । सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन् ।

    बैठकले सिजाङ (तिब्बत)को ल्हासामा २०८२ असार २ गतेदेखि ६ गतेसम्म आयोजना हुने नेपाल–चीन सिजाङ व्यापार सहजीकरण समितिको १३औँ बैठकको छलफलका एजेन्डा स्वीकृत गर्ने निर्णय गरेको छ । यस बैठकमा सहभागी हुने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको छ ।

    त्यसैगरी, मन्त्रिपरिषद्ले ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ कमलपोखरीबाट वडा नम्बर ८ लुभु देविस्थानमा सार्ने निर्णय पनि गरेको छ ।

    mantri parisad nirnaya.jpeg


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ