बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • रास्वपाद्वारा संसद्मा नाराबाजी


    हुलाक प्रेस

    • आइतबार, असार १ २०८२०२:४५
    रास्वपाद्वारा संसद्मा नाराबाजी
    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् ।
     
    बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका छन् ।
     
    यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए ।
     
    ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 
     
    रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो ।
    रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ