शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वमन्त्री न्यौपानेको निधन


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८००२:३१
    पूर्वमन्त्री न्यौपानेको निधन

    मान्म कालीकोट । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उनको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । 

    मृगौला रोगबाट समेत पीडित रहनुभएका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिए । उनको तीन महिनादेखि  प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी छन् । 

    विसं २०५१ मा कालीकोटमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मिुनभएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।
    रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ