बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनले आफ्नो नागरिकलाई भन्यो- जतिसक्दो छिटो इरान छोड्नु


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२१०:४६
    चीनले आफ्नो नागरिकलाई भन्यो- जतिसक्दो छिटो इरान छोड्नु

    काठमाडौं । इजरायल र इरानबीच हमलाहरू जारी रहँदा चीनको इजरायलस्थित दूतावासले मंगलबार आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ देश छोड्न आग्रह गरेको छ । 

    “चीनको इजरायल मिसनले चिनियाँ नागरिकलाई व्यक्तिगत सुरक्षा ग्यारेन्टी गर्न सकिने अवस्थामा जमिनी सीमा नाकाबाट छिटो इरानबाट निस्कन अनुरोध गर्छ,” दूतावासले सामाजिक संजाल विच्याटमा जारी वक्तव्यमा उल्लेख गरेको छ । 

    बीबीसीका अनुसार चिनीयाँ नागरिकलाई इरानबाट जोर्डनतर्फ निस्कन सिफारिस गरेको बताइएको छ ।
     
    बेइजिङको दूतावासले मंगलबार संघर्ष निरन्तर बढ्दै गरेको भन्दै भन्यो, “धेरै पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् । नागरिक हताहात बढ्दै गइरहेको छ । सुरक्षा अवस्था बढ्दो गम्भीर हुँदै गइरहेको छ ।” बीबीसी


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ