बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • नेकपा एमालेद्वारा ह्वीप जारी


    हुलाक प्रेस

    • सोमबार, असार ९ २०८२०३:२०
    नेकपा एमालेद्वारा ह्वीप जारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२र८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ । 

    एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

    नेपाल सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्मा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मङ्गलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ