काठमाडौं । रुसको मस्कोमा प्लेन दुर्घटना हुँदा सवार सबै जनाको मृत्यु भएको छ ।
अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो विमान ट्रेनी विमान थियो । जसमा चार जना सवार थिए । यो विमान प्रशिक्षणको क्रममा दुर्घटना भएको जनाइएको छ ।
इन्जिनमा समस्या भएको कारण प्लेन आकाशबाट खेतमा खसेको र आगो लागेको बताइएको छ ।