काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई तत्काल पदबाट राजीनामा दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उनको राजीनामा माग गरेका हुन् ।
उनले लेखेका छन्, ‘धेरै ढिला भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ ।’
ट्रम्पले पहिलो पटक राष्ट्रपति हुँदा पावेललाई फेडरल रिजर्भका अध्यक्षको जिम्मेवारी दिएका थिए । तर ब्याजदर नघटाएको भन्दै ट्रम्पले पवेलको पटक–पटक आलोचना गर्दै आएका छन् ।