बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • एक साताभित्र अवहेलना मुद्दामा जवाफ दिन मेडिकल काउन्सिल महासचिवलाई उच्च अदालतको आदेश


    हुलाक प्रेस

    • बिहीबार , असार १९ २०८२०५:१२
    एक साताभित्र अवहेलना मुद्दामा जवाफ दिन मेडिकल काउन्सिल महासचिवलाई उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. सञ्जीव तिवारीलाई अदालतको अवहेलना सम्बन्धी विवादमा सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।

    न्यायाधीशहरू श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले अवहेलनाजन्य क्रियाकलाप गरेकोमा उजुरी परेको भन्दै अवहेलना नगरेको भए जवाफ सहित उपस्थित हुनु भनेको हो ।

    केही महिनाअघि गठन भएको उपभोक्ता अदालतले उपचारमा भएको लापरवाहीका केही विवादमा अस्पताल र चिकित्सकलाई दोषी ठहर गरी सजाय गरेको थियो ।

    उपभोक्ता अदालतले केही मुद्दामा फैसला आएपछि मेडिकल एसोसिएसनका महासचिव तिवारीले विज्ञप्ति जारी गरेर विरोधमा कालो पट्टी बाँध्य डाक्टरहरूलाई आह्वान गरेका थिए । उनले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमा अदालत प्रवेश गरेको भन्दै विरोध गरेका थिए ।

    श्रृंखलावद्ध विरोध गरेर अदालतको कामकारबाहीमा अवरोध गर्न खोजेको भन्दै अधिवक्ता जय पौडेल र सुविन पाण्डेले उच्च अदालतमा निवेदन दिएका थिए ।

    मातहतको अदालतको अवहेलना भएको विषयमा कारबाही हुनुपर्ने भनी उपभोक्ता हित संरक्षण मञ्च र कानुन व्यवसायीहरूले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ